
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

बिज्ञापन



चीनको ग्वाङ्जाओ शहरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वटा विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । चार्टर्ड गरिएका दुई वटै विमान बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।

उक्त विमान शुक्रबार बिहान काठमाडौंमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले नेपाल एयरलाइन्सका दुई वटा विमान चार्टर्ड गरेका थिए ।