एएफसी यू–१९ महिला छनोट : नेपाल माथी अष्ट्रेलियाको ११ गोलको बर्षा


काठमाडौं। एएफसी यू–१९ महिला च्याम्पियनशीप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

बिज्ञापन

अष्ट्रेलियाले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलको अष्ट्रेलियाका लागि मेरी फ्लोरले दोहोरो ह्याट्रिक गरीन । पाँचौ मिनेटमा नै अष्ट्रेलियाले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलो गोल गर्न सफल भइन् । त्यसपछि खेलको नवौं मिनेटमा अष्ट्रेलियाले पुनः पेनाल्टीको अवसर पायो । जसलाइ मेरीले नै गोल गर्दै अग्रता २–० मा पुर्याइन् ।

त्यसको तीन मिनेटमा पुनः अष्ट्रेलियाका लागि मेरीले नै गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरिन भने टिमका लागि तेस्रो गोल गरिन् । यसपटक पनि नेपालको डिफेन्स अष्ट्रेलियाको एट्याक अगाडि निरीह बनेको थियो ।

लगत्तै अष्ट्रेलियाका लागि मेरीले नै चौथो गोल गरिन् । सुरूवाती चार गोल गरेकी उनको गोलको क्रम यतिमा रोकिएन । एकपछि अर्काे गोल खाएको नेपालले ३४ औं मिनेटमा पाँचौ गोल खायो । उसका लागि मेरीले ब्यक्तिगत पाँचौ गोल गरिन् ।

नेपालको गोल खाने क्रम यतिमा रोकिएन । ३६ औं मिनेटमा नेपालको डिफेन्सको झुर प्रदर्शनको फाइदा उठाउदै मेलिन्डाजले टिममा लागि छैटौं गोल गर्न सफल भइन । पहिलो हाफको अन्तिममा नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गर्न सफल भइन् ।

दोस्रो हाफको सुरूमा नै अष्ट्रेलिया सातौं गोल थप्यो उसका लागि उसका लागि मेरीले नै गोल गरिन् । जसका कारण उनले दोहोरो ह्याट्रिक पुरा गरिन् । ६८ औं मिनेटमा रचेल लेवीले अष्टेलियाको अग्रता ८—१ मा पुर्याइन । ७८ औं मिनेटमा अष्ट्रेलियाले नेपाल विरूद्द नवौं गोल थप्यो ।