
टिकापुर : कैलालीमा कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव ३ दिन पछि फेला परेको छ ।

बिज्ञापन



वैशाख ५ गते मलामी गएका टीकापुर नगरपालिका वडा १ ब्लक नं. ९ का ३० वर्षीय बादल ठकुल्लाको शव आज भेटिएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीको सनकट्टीघाटमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल टीकापुर नगरपालिका वार्ड नं.८ को श्रीलंकामा भेटिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
नदीमा पौडि खेल्दा बेपत्ता भएका उनलाई स्थानियवासी र प्रहरीले खोजि गरेका थिए ।