
मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार सान्तोषजंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ। नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ।
रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविनबाबु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन छ।
सिजन इन्टरटेन्मेनटद्वारा निर्मित भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।