अर्थ मन्त्रालयको सचिवमा ढुंगाना

काठमाडौं : अर्थ मन्त्रालयको सचिवमा यसअघि राजश्व सचिवको रुपमा काम गर्दै आएका सचिव शिशिरकुमार ढुंगानालाई जिम्मेवारी दिईएको छ ।

 

बिज्ञापन

गत मंगलबारको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई अर्थसचिव बनाउने निर्णय गरेको हो। गत २२ माघमा अर्थसचिव राजन खनालले सेवा अवधि पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको सचिव पदमा ढुंगानालाई जिम्मोवारी दिइएको हो ।

 

०७३ माघ २० मा सचिव बढुवा भएका ढुंगाना केही समय सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक भएर काम गरेका थिए । त्यसपछि राजस्व सचिवको जिम्मेवारी पाएका थिए । बीचमा फेरि १० महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेर पुन राजश्व सचिव बन्न पुगेका थिए ढुंगानाले ०५४ सालमा शाखा अधिकृत तह उत्र्तीण गरेका हुन ।

 

ढुंगनाले दुईवर्ष तथ्यांकमा नायब सुब्बा भएर काम गरे । यस्तै शाखा अधिकृत भएको ६ वर्षमा ढुंगानाले उपसचिवको परीक्षा उत्तीर्ण गरे। २०६० साल भदौ १२ गते उपसचिव भएका ढुंगाना २०६३ साउन ८ गते अर्थ मन्त्रालय प्रवेश गरेका थिए।

 

ढुंगानाले २०६५ चैत १० गते सहसचिव पास गरे। सहसचिवको रुपमा उनको पहिलो पोष्टिङ आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ को प्रमुख भएक उनी त्यसपछि राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनेका थिर्ए ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदै अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका उनी आर्थिक नीति विश्लेषण महाशाखा हुँदै भन्सार विभागको महानिर्देशक समेत बनेर काम गरेका थिए ।