
दमक नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको अत्यन्त जरुरी सूचना !

बिज्ञापन



- अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ ।

- दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न पाइने छैन ।
- तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न पाइनेछ । डेरी पसल मात्र भए विहान ७:०० देखि ८:०० बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ ।
- लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउन पाइने छैन ।
- कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने र मूल्य सूची नराख्ने व्यापारीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
- ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ।
- उपरोक्त अनुसारका व्यवस्थाहरु पालना नगर्ने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।