
दमक । झापाको दमकमा अन्तराष्ट्रिय आप्रवास सम्बन्धिको संगठन आईओएमले सञ्चालन गरेको प्रयोगशालालाई कोभिड परीक्षण प्रयोगशाला बनाउन माग गरिएको छ । भुटानी शरणार्थीहरुलाई तेश्रो देश पुर्नवासमा लैजानु अघि शरिरमा कुनै रोग भए नभएको पत्ता लगाउनका लागि यहाँ प्रयोगशाला बनाईएको थियो ।
अन्तराष्ट्रिय स्तरको यो प्रयोगशाला प्रयोग गर्न सकिने जनाउदै दूइसाता अघि दमक नगरपालिकाले पनि प्रदेश र संघीय सरकारलाई यो अनुरोध गर्ने बताएको थियो । जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाको बैठकले यसलाई कोभिड परीक्षण प्रयोगशाला बनाउन प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार प्रदेश सरकारले यसका लागि आवश्यक सहयोग गर्ने आश्वसन पनि दिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीको उपस्थितिमा नै यो निर्णय भएकाले यसको कार्यन्वयन हुने विश्वास रहेको पनि उहाँले बताउनु भयो । झापामा नै कोभिड अस्पताल निर्माणका लागि आवश्यक ठाँउ प्रदेश सरकारले हेर्दै आएको छ ।
भारतसंग सिमा जोडिएको र जिल्लामा २ जनामा कोरोनाको पनि संक्रमण देखिएको जनाउदै जाँचलाई तिव्रता दिन यो आवश्यक भएको औल्याईएको थियो । दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले सरकारको अनुमति हुनसाथ त्यहाँको ल्यावको अवस्था हेरेर आवश्यक तयारी शुरु गरिने छ । अहिले स्वाब परीक्षणको रिर्पोट ३ दिनसम्म कुर्नु पर्ने भएकाले त्यस्तो अवस्था आउने थिएन, उहाँले भन्नुभयो ।-गोरखापत्रबाट