
बलात्कारको अभियोगपछि निलम्बित नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् ।मुगु जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।
मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने बुधवार नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।