कोरोना महामारीमा पनि रोकिएन भ्रष्टाचार, वैशाखको पहिलो दुई हप्तामा ५ सय उजुरी

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) को महामारीका बीच पनि भ्रष्टाचार गर्नेको संख्यामा भने कमि आएको छैन । झन भ्रष्टाचार गर्नेको संख्यामा वृद्धि भइरहेको छ ।

 

सरकारले कोरोना महामारी रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । यस बीचमा मुलुकमा भ्रष्टाचार गर्नेको संख्यामा भने कमि भने आउन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

‘आयोगमा अनलाइनबाट उजुरी दिनेहरुको संख्या बढेको छ ।’ आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला भन्छन्–‘अधिकांश उजुरी अनलाइनबाट आएका छन् । लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ ।’

 

यसपटक वैशाख महिनाको पहिलो दुई हप्तामै ५ सयभन्दा बढी उजुरी परेको प्रवक्ता कोइराला बताउछन् । उनले इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्वीटर, हटलाइन र टोल फ्री नम्बरबाट आयोजमा उजुरी गर्नेको संख्या बढेको हो ।

 

कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौँडा, बर्दिवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।

 

गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९ सय ९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८ सय ५५ उजुरी परे ।

 

आर्थिक वर्ष २०७५–०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८ सय २१ उजुरी परेका थिए ।