
बुटवल । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बिज्ञापन



अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी शुरेस भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घूससहित नियन्त्रणमा लिएको पुष्टि गरे ।

“हो उहा हाम्रो नियन्त्रणमा हुनुहुन्छ सेवा ग्राही संग १५ हजार घुस रकम लिए पछि उहालाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्दैछौं” सुचना अधिकारी भुसालले भने ।