
जानुका निरौला
झापा । पूर्वराजाको सवारी पास गृह मन्त्रालयले रोकेको कुरा संचार माध्यममा छ्यापछ्याप्ती आइरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदै हुनुहुन्छ ।
बिहान ८:३० मा झापाको दमक स्थित चिया बगान बाट आफैले सबारी चलाई पूर्वराजा शाह परिवार र अन्य सहयोगीका साथ काठमाडौंका लागि निस्किनु भएको हो ।पुर्वराजा गत चैत देखि परिवार सहित दमकमा हुनुहुन्थ्यो । पुर्वका विभिन्न धार्मिक स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको भएता पनि कोरोनाको कारण सम्पूर्ण भ्रमण तथा भेटघाटका कार्यक्रम स्थगित गरिएको थियो ।
पूर्वराजालाई सवारी पास नदिएको बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर लाई जिज्ञासा राख्दा `सवारी पास नदिएको हैन , प्रक्रिया पूरा गर्दा गर्दै संचार माध्यमले नदिएको भनेर लेखेछन् तर त्यस्तो हैन हामीले हिजै सबै प्रक्रिया पूरा गरेर उहाँलाई पास उपलब्ध गराएका थियौँ ।´ उनले ओमकार प्रतिनिधिलाई जानकारी गराए ।