जबरजस्ती करणी गरेको आरोपमा ईटहरीबाट एक जना पक्राउ

 

 

बिज्ञापन

 

सुनसरीको ईटहरी उप-नगरपालिका- ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी-३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आईतवार अपरान्ह ४ बजेको समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती करणी गरेको र संगै आएकी अर्की ७ बर्षीया बालिकालाई समेत जबरजस्ती करणीको प्रयास गरेको भन्ने पिडित बालिकाहरुका अविभावकले जानकारी गराउनासाथ अस्थायी प्रहरी पोष्ट तालतलैयाबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।