कपिलवस्तुका थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

कपिलबस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

 

बिज्ञापन

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

नयाँ संक्रमित हुनेमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषहरु रहेका छन् ।

 

उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।