
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।
शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस