
चितवन । हिन्दु स्वयंसेवक संघ नेपाल र मारवाडी सेवा केन्द्रले संयुक्त रूपमा चितवनका विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

चितवन राप्ती नगरपालिका– ११ का जुमलिङ, किरनटार, जोङग्वाङ, रेपाक, ठकुरी भन्ज्याङ, बेलगाउँ, सिमलडाँडा लगायतका आठ गाउँका २ सय ३० परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । चामल, दाल, तेल, नुन, सोयाविन लगायतका खाद्य सामाग्री वितरण गरिएको संघले जनाएको छ ।



चितवन, नवलपुर र मकवानपुरका संघका स्वयंसेवक एवं मारवाडी सेवा केन्द्रले चेपाङ परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।

हिन्दु स्वयंसेवक संघका जिल्ला संघचालक नारायण चालिसे, सम्भाग सहकार्यवाहक गोविन्द पौडेल, लुम्बिनी सम्भाग प्रचारक कपिल भट्ट, विभाग विस्तारक सागर जोशी, राष्ट्रसेविका नेपालकी राष्ट्रिय कार्यवाहीका उर्मिला ढकाल त्यसै गरी मारवाडी सेवा केन्द्र, नारायणगढका अध्यक्ष दुल्लिचन्द डाँगा, महासचिव विक्की वर्मा, उपाध्यक्ष पंकज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
हिन्दु स्वयंसेवक संघको अग्रसरतामा कोभिड प्रभावित विपन्न नागरिकका लागि देशैभर विभिन्न सहयोगी काम भइरहेको छ ।