वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन्। उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन्।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन्।

बिज्ञापन