

बिज्ञापन



पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएको हो । तर एक दुई दिनभित्रै सञ्चालनमा आउने कोषले जनाएको छ ।

यसअघि कोरोना भाइरसका कारण ज्यान गुमाउने पहिलो नेपालीका रुपमा २९ वर्षीया महिलाको शव शनिबार राति विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको थियो ।
यसैगरि पशुपति क्षेत्रमा रहेको किरिया पुत्री घर पनि बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै किरियापुत्री घर बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।