सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् ।

 

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई हिजो (शनिबार) यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए ।

 

“प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भने । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले दुई वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।

(रासस)