
शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली छिमेके मुलुकले गरेको अत्याचारमा मुखदर्शक बनेको आरोप लगाएकी छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।




‘सबैभन्दा शक्तिशाली प्रधानमन्त्री जंगबहादुरपछि केपी शर्मा ओली हुनुहुन्छ । यसमा दुईमत छैन । प्रधानमन्त्री भन्नुहुन्छ जहाँ समस्या पर्यो त्यहाँ सरकार दौडिहाल्यो । चिनियाँले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता चुटिँदा हाम्रा प्रधानमन्त्रीज्यू भारतको छोटे भइयालाई थाहा भएन रे । एक कल फोन गर्न भारतका बडे भइयासँग डराउनु हुन्छ’ उनले भनिन् ।

उनले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसक्ने हो भने प्रधानमन्त्रीलाई हात उठाउन आग्रह गरेकी छन् । ‘मान्छे मरेपछि कोरोना परीक्षण हुन्छ । देशलाई कहिलेसम्म आइसोलेसनमा राख्नुहुन्छ । यदि सक्नुहुन्न भने तपाईं हात उठाउनुहोस् ।’
नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कोरोना र विदेशमा रहेका नेपालीको उद्दार गर्ने कार्यलाई दिनुपर्ने बताएकी छन् । त्यस्तै, दोस्रो कृषि र वन र तेस्रो गाडी र एम्बुलेन्स, सुत्केरी हुन नसकेका महिलाको उद्दार गर्ने कार्यक्रम ल्याउन माग गरेकी छन् ।
‘पहिलो प्राथमिकता कोरोना र विदेशमा रहेका नेपालीको उद्दार गर्ने, दोस्रो कृषि र वन र तेस्रो गाडी र एम्बुलेन्स चढ्नु ठूलो कुरा हो रेल र पानीजहाज चढ्नु ठूलो कुरा होइन । शीतल निवासदेखि हेलिकोप्टर चढ्ने कार्यक्रम होइन सुत्केरी हुन नसकेको महिलाको उद्दार गर्ने कार्यक्रम आओस’ उनले भनिन् ।
कोरोना भाइरसका कारण कोही पनि रोगले र भोकले मर्न नरपोर भनेर एक महिनाको तलब सरकारको खातामा जम्मा बताउँ मन्त्रीले आफ्नो खुल्तीबाट राहत बाँडेजस्तो गरेर सांसदलाई गाली खुवाउने काम भरेको बताइन् ।