तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौं । देशका अधिकांश स्थानमा आजबाट ३ दिन मौसममा गडबडि देखिने मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म हावाहुरी र चट्याङसहित आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने र केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेकाे बताएकी छन् । शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागे पनि अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।