प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३ पुग्यो

बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

बिज्ञापन

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु भएको  बताएका छन् ।

 

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले कोरोना संक्रमितलाई बचाउने अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमशन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा जेठ २ गते उनमा कोरोना सक्रमण पुष्टि भएको थियो ।

 

उनीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चेककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

 

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।