
मोरङ । विराटनगरमाआफ्नै छोराहरुले बाबुकाे हत्या गरी घरभित्रै शव गाडेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाही बस्ने ६९ वर्षीया सत्यराम भन्ने सिताराम चौहानलाई आफ्नै २ छोराहरुले हत्या गरेको खुलेको हो ।
चौहानको हत्याको अभियोगमा पक्राउ परेका उनकै जेठो छोरा २९ वर्षीय रोहितचौहान र माईलो छोरा २६ वर्षीय नगरेन्द्र चौहानलाई जिल्लाप्रहरी कार्यालय मोरङले बिहीबार डिजिटल प्रेसमिट गरी सार्वजनिक गरेको छ ।
चौहानको शव बुधबार साँझ आफ्नै घरभित्रको खाटमुनि खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जेठ ३ गते शनिबार दुवै जना मजदुरी गरी ज्याला लिएर मादक पदार्थ सेवन गरी घर पुगेपछि बुबा सितारामले जेठो छोरा रोहितसँग पैसा माग्दा नदिएको विषयमा झगडा भएको र बुबालाई दुवैले कोदालोले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।