झापामा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जवाट आज एक जना पक्राउ परेका छन् ।गौरीगञ्ज १ महाभाराकी अन्दाजी १४ बर्षकी एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय अन्दाजी ४५ बर्षिय श्री प्रसाद झालाई प्रहरीले पक्राउ गरिएको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दिपक कडेलले जानकारी दिए ।

 

बिज्ञापन

पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा आजै किटानी दिएको जाहेरीका आधारमा झालाई घरबाट पक्राउ गरिएको उनले वताए ।

 

पीडित बालिकाको स्वास्थ्य परिक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक बर्ष यता विभिन्न प्रलोभनमा पारेर ती बालिका माथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ ।घटनाका बारे प्रहरीले अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।