काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित भएको उल्लेख गरिएको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
शनिबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । पहाडि भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ मध्य र पूर्वी पहाडि भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ ।