हावाहुरीले मोरङको पथरीमा ठुलो क्षति (फोटोफिचर)

पथरी, १३ जेष्ठ । हिजो साँझ आएको हावाहुरीले पथरी शनिश्चरेमा ठूलो क्षति पु¥याएको छ ।

 

बिज्ञापन

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ८ मा गरेर दुई दर्जनबढी घरहरुमा पूर्ण क्षति पुगेको छ । जस्तापाताले छाएका घरका सबैजसो जस्ता हावाले उडाएको छ । पीडितहरुमध्ये पाँच परिवारलाई स्थानीय विद्यालयमा लगेर राखिएको छ ।

 

७१ वर्षीया वृद्धालाई इटाले लागेर गम्भीर घाइते भएपछि उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको  जनाइएको छ ।