
दिपु वीरगञ्ज- कोरोनाभाइरस संक्रमणको तेस्रो लहर भित्रेदेखि वीरगञ्जमा पछिल्लो दुई दिनमा ३ जनाको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचाररत पर्सा दुई र बाराका एकजना गरेर पछिल्लो २ दिनमा ३ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो । मृतकमध्ये सबैले कोरोनाभाइरसविरुद्धको दुवै डोजको खोप लगाएका थिए ।
मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर निवासी ७३ वर्षीय वृद्ध रहेका छन् । श्वासप्रश्वास लिने प्रणालीले काम गर्न छोडेको कारण उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। उदय नारायण सिंहले जानकारी दिए ।
शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएर भेन्टिलेटर सपोर्टका लागि नारायणी अस्पताल भर्ना भएका वृद्धको आज बिहान साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको डा। सिंहले बताए ।
वृद्ध पहिलादेखि पनि मुटुसम्बन्धि रोगबाट पिडित थिए ।
त्यसैगरी बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ ।
शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएर नारायणी अस्पताल भर्ना भएका वृद्धलाई गम्भीर किसिमको निमोनिया लगाएको थियो । उनको आज बिहान साढे ७ बजे मृत्यु भएको डा। सिंहले जानकारी दिए ।
वृद्धपनि पहिलादेखि मधुमेहलगायत अन्य दिर्घ रोगको समस्या थियो ।
यसअघि शुक्रबार अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ६५ वर्षीय बृद्धाको मृत्यु भएको थियो ।
कोरोनाभाइरसको तेस्रो लहर सुरुभएदेखि वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । जसमध्ये चारजना बरा र दुईजना पर्साका निवासी रहेका छन् ।
कोभिड संयोजक डा। सिंहका अनुसार अहिले अस्पतालको कोभिड वार्ड पूर्ण रुपले संक्रमितबाट भरिएको छ । थप कोभिड संक्रमण भर्ना गर्नका लागि अस्पतालले अर्को वार्ड तयारी गर्न लागेको उनले जानकारी दिए ।
डा। सिंहले दीर्घ रोगी, बृद्धबृद्धा एवम् बालबालिकाहरुलाई तेस्रो लहरबाट बढी जोखिम रहेकोले सतर्कता अपनाउन सुझाव दिए । आउने २ हप्तासम्मको अवस्था जोखिमपुर्ण रहेकाले स्वास्थ्य सावधानीमा सम्झौता नगर्नपनि उनले आग्रह गरेका छन् ।