आफ्नै श्रीमानकाे एसिड प्रहारबाट घाइते भएकी जेनी खड्काको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । आफ्नै श्रीमानकाे एसिड प्रहारबाट घाइते भएकी जेनी खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कीर्तिपुर अस्पतालमा उपचार भइरहेको खड्कालाई आइसियुबाट वार्डमा सारिएको भए पनि उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पताल स्रोतले बताएको छ ।

एसिडका घाइतेहरु खतरा मुक्त छन् छैनन् भन्ने बुझ्नको लागि ४८ देखी ७२घण्टा लाग्छ अस्पतालका एक कर्मचारीले बताए । उनका अनुसार जेनीको अवस्थालाई अहिले नै केही भन्न सकिदैन। एसिडले असर गरेको भागमा ड्रेसिङ गर्ने तयारी छ, अहिले नै उहाँ खतरामुक्त भने भन्न नमिल्दैन, उनले भने।

एसिड प्रहारबाट हाल उनको दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भाग गरेर शरीरको २० प्रतिश भाग जलेको छ। जेनीका श्रीमान् विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरी सकेका छन्।