रौतहट नरसंहारका अर्का अभियुक्त पक्राउ

काठमाडौँ । रौतहटको राजपुरमा ईटाभट्टीमा जिउँदै मान्छे जलाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहमद अफताब आलमका एक सहयोगी पक्राउ परेका छन् । उक्त घटनाका अभियुक्त बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

भारतबाट नेपाल प्रवेश गरेको भन्ने सुराकीको आधारमा साहलाई शनिबार पक्राउ गरिएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

 

१३ बर्ष अगाडि २०६४ साल चैत २७ मा संविधानसभा निर्वाचनको चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आलम हाल जेलमा छन् ।

साह त्यतिबेला इँटा भट्टाको मिस्त्री रहेको प्रहरीले जनाएको छ । उनी मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गरिएको थियो ।