
रौतहटः रौतहटमा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईशानाथ नगरपालिका–४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साह रहेका छन् । उनलाई गौर नगरपालिका ४ टिकुलिया बकैया नदीको बाँधबाट स्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ र मोबाइल २ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेकोे हो ।