
काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्ने भन्दै सरकारले सुरु गरेको लकडाउन लम्बिएसँगै आफ्नो रोजीरोटी नै धरापमा परेको भन्दै काठमाडौंको न्युरोड र असन क्षेत्रका व्यापारीहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

बिज्ञापन



लकडाउनको साढे दुई महिना वितिसक्दा समेत सरकारले बैकल्पिक व्यवस्था नग री रोजीरोटीमै समस्या परेको भन्दै ब्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।
बिहानैवाट पसल खोलन आएका व्यापारीलाई प्रहहरीले खोल्न नदिएपछि प्रर्दशनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।