
कुवेतबाट नेपालीलाई लिएर दुईवटा विमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । कुवेत सरकारले आफ्नै खर्चमा जजिरा एयरलाइन्सको विमानमार्फत त्यहाँ समस्या परेका नेपाली महिलालाई नेपाल फर्काइदिएको छ । दुवै विमानबाट ३ सयभन्दा बढी नेपाली नेपाल फर्किएका छन् ।
उनीहरूलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशमा निर्माण गरिएका होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ । त्यसपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यसअघि म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना र जापानबाट ७ जनालाई नेपाल फर्काइसकिएको छ ।