धनकुटामा भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटा। लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई उद्योग बाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै पुगेर बाणिज्य संघको टोलीले उनीहरुलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष बिजयसन्तोषी राईसहितको टोलीले भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेका हुन् ।

बिज्ञापन

कोराना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार व्यावसाय बन्द भएर संकटमा परेकाहरुलाई घरधनीहरुले भाडा मिनाहा गरेका थिए । दुखमा परेका बेला भाडा मिनाहा गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै बाणिज्य संघले घरधनीहरुलाई सम्मान गरेको हो ।