सरकार विरुद्ध प्रधानमन्त्री ओलीको गृहनगरमा  युवाहरुको प्रर्दशन (फोटो फिचर )

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा कोरोना महामारी नियन्त्रणको क्रममा भएको भ्रष्टचार गर्नेलाई कारबाही गनु पर्ने तथा पिसिआर परीक्षणको दायर बढाउनु पर्ने लगायतका माग गदैं युवाहरुले प्रदर्शन गरेका छन् ।

 

स्वतस्फुर्त रुपमा निस्किएका युवाहरुले सरकारी गलत कदम विरुद्ध प्लेकार्ड लिएर बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा दमक चौकमा मौन रुपमा बिरोध प्रदर्शन गरेका हुन । नागरिकलाई कोरोनाबाट जोगाउन सरकारले सहि कार्ययाजना ल्याउन नसकेको भन्दै बिभिन्न प्लेकार्ड बोकेका युवाहरु दमकको मुख्य चौकस्थित पुर्व पश्चिम राजमार्गको दुवै तर्पm मौन रुपमा उभिएर प्रदर्शन गर्दै सरकारको सांकेतिक रुपमा बिरोध गरेका हुन ।

 

 

प्लेकार्डमा नेपालको नयाँ नक्सा जारी भएको सरकारलाई धन्यवादसहित पिसिआर परीक्षणको दायरा वढाउन , कोरोनाको हिसाव सार्वजनिक हुनुपर्ने, कोरोना रोकथामको वहानामा भ्रष्टचार बढाउनुका साथै त्यसवाट आत्महत्याको घटना बढाएको भन्दै सरकारको विरोध गरिएको थियो ।

 

लगातार दुई महिना भन्दा बढि लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै युवाहरु स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका हुन । कुनै राजनीतिक दलको ब्यानरविना राष्ट्रिय झण्डा बोकेका युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका थिए ।

 

 

क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा सरकार बिरुद्ध सांकेतिक बिरोध प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् । त्यस्तै स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने उनीहरुले बताएका छन् ।