
इँटा उद्योगले बनाएको खाल्डोमा डुबेरमा मोरङमा एक बालकको मृत्यु भएको छ । मोरङको रङ्गेली नगरपालिका–९ मा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो ।

रङ्गेली–९ कै देवी इँटा उद्योगपरिसरको खाल्डोको पानीमा डुबेर भारत बिहारका भुसननीया मियाँका १० वर्षीय छोरा अलिअर मियाँको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बिज्ञापन



उनका अनुसार खेल्दै जाने क्रममा पानी जमेको चार फिटभन्दा गहिरो खाल्डोमा खसेर सोमबार बिहान बालक गम्भीर घाइते भएका थिए ।

उद्धार गरेर उपचारका लागि रङ्गेली अस्पताल लैजाने क्रममा बालकको बाटैमा मृत्यु भएको एसपी श्रेष्ठले बताए । इँटा उद्योगका मजदुर रहेका मृतक बालकका बाबु भारतबाट परिवारसहित आएर रङ्गेलीमा बसेका थिए ।