
दमक/ दमक नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै लकडाउनको नयाँ मोडालिटी अनुसार दमकमा पनि नीजि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ । यसैगरी मोटरसाइकल तथा साइकलमा एकजनाभन्दा बढि चढ्न पाइने छैन ।




नगरपालिकाले असार १ गतेदेखि लागु हुने गरी यो सार्वजनिक सूचना जारी गरेको हो । यो भन्दा अघि पास नभएका सवारी साधन चल्न नपाईने भनिएपछि चल्दै आएका थिए । जोर बिजोर प्रणालीबाट मोटरसाइकल पनि चल्नु पर्ने हुन्छ ।

अरु चारपाङरे सवारी साधन पनि जोरबिजोरबाट चल्नु पर्ने छ । झापाको हकमा जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर सवारी साधन चलाउन पाइने छ ।
दमकमा शुरुवातदेखि नै लकडाउन खुकुलो भएको बताइदै आएको छ । यो नयाँ सूचना तथा लकडाउनको मोडालिटी पालना होला या नहोला त्यो हेर्न बाँकी रहेको छ । पछिल्लो केहि दिनयता दमक सामान्य अजस्थातर्फ उन्मूख बन्दै गएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । त्यहि स्थानीय स्तरमा सर्कुलर भएको हो । अब यसै अनुसार अनुगमन हुने पनि बताईन्छ । झापा कोरोना संक्रमणको उच्च जोखिममा भएको जिल्ला हो ।
लकडाउन खुकुलो हुने, यस्ता पसल तथा ब्यवसाय पुर्ण रुपमा खुला
दमकमा लकडाउन निक्कै खुकुलो हुने भएको छ । दमक नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दमक पनि अब खुला रहने जानकारी दिएको छ । यद्यपी होटल तथा रेष्टुरेन्ट, ब्यापारीक कम्लेक्स लगायतका बढि भीडभाड र जम्मा हुने ठाँउहरु भने तत्काल खुला रहने छैन ।