साढे ८ लाख घूससहित डिल्लीबजार मालपोतका अधिकृत र ५ नासु अख्तियारको फन्दामा

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेलसहित ६ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

मालपोल कार्यालय डिल्लीबजारका अधिकृतसहित ६ जना कर्मचारीलाई अख्तियारले एकै पटक ८ लाख ५० हजार घूसको रकमसहित काठमाडौंको सामाखुशीबाट नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत कंडेल, नासु क्रमश: उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई घूस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घूससको लिइसकेको अवस्थामा टोखा नगरपालिका-९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट घूसको रकमसहित मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।

मालपोल कार्यालयमा कार्यरत कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिएबापत सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले स्टिङ अस्प्रेसन गरेर उनीहरूलाई पक्राउ गरेको आयोगले जनाएको छ ।