थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

एकै दिन थप जनामा संक्रमण पुष्टि भएसँगै बुधबार नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षणका क्रममा ५८६ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९ जना उपचारपछि घर फर्किएका छन् ।

योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार ९९० रहेको छ ।

हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।