
काठमाडौं : काठमाडौंको सुधारामा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । शनिबार बिहान युवाहरुले सुतेर सरकारविदद्ध प्रदर्शन हुन् ।

प्रदर्शनकारीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।



यता अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा पनि युवा–विद्यार्थीले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौंमा प्लेकार्डसहित साइकल ¥याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक -याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई जमल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । करिब १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले ‘रिजेक्ट एमसीसी, एमसीसी क्यान्सर हो’ जस्ता नारा लगाएका थिए ।