
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई आफ्नै वडा सचिव माथी कुटपिट गरेको गम्भीर आरोप लागेको छ । यो आरोप वडा नं. १९ का वडासचिव मनोज दाहालले लगाएका हुन् ।

चौधरीले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको उनको भनाई छ। दाहाल एक वर्षअघि सिएफएल बल्ब खरीद प्रकरणको समयमा स्टोर किपर रहेका थिए।
बिज्ञापन



भ्रष्टाचार गरेको आरोप लगाउदै मेयरले आफू माथी कुटपिट गरेको उनले बताएका छ्न । उक्त घटनालाई लिएर यतिबेला कर्मचारीहरु आन्दोलित भएका छन् ।
