
झापा। चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग नास्तिक कम्युनिष्ट भएपनि क्रिश्चियन धर्मालम्बीहरुद्वारा चीनलाई दूरगामी रुपमा संकट पैदा हुनसक्छ भन्ने कुरामा चिन्तित छन्। चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन धेरै पहिलेदेखि माग गर्दै आएको छ ।

चीनको सरकारले अघिल्लो वर्ष मात्रै चीनभरी बाइबलको अनलाइन बिक्रीमाथि समेत प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा फैलिइरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा मात्रै दिएको छैन । चीनको राज्यसत्ताको स्वरुप विरुद्ध समेत मोर्चाबन्दी चलिरहेको बुझिएको छ । किनकी संसारका सबैभन्दा संगठित भनिएका कम्युनिष्ट भन्दा पनि संगठित चर्च अन्तर्गत परिचालन हुने क्रिश्चियन अनुयायी हुन् भन्ने कुरा चीनले राम्रोसँग बुझेको छ ।



