अरुण तेस्रो जलविद्युत आयोजनाका ईन्जिनियर  अलिको मृत्यु

अरुण तेस्रो जलविद्युत आयोजनाका ईन्जिनियर मुस्ताफ अलिको मृत्यु भएको छ ।

रातिदेखी उनको स्वाथ्यमा समस्या आएपछी उनलाई संखुवासभाबाट धरान स्थित बी पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

अलिलाई मुटुमा समस्या भएपछि खादवारि अस्पतालले धरान रिफर गरेको थियो ।

अलिको शवलाई अहिले जिल्ला अस्पताल धनकुटामा राखिएको अस्पतालका डाक्टर पुजन बिश्वकर्माले ओमकार टाईम्सलाई जानकारी गराए ।

 

उनको शब पोष्माटम गरेर मात्रै परिवार लाई बुझाउने अस्पतालले जनाएको छ ।बिबादास्पद जलविद्युत आयोजना अरुण तेस्रोका ईन्जिनियरको आकस्मिक मृत्युलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।