झापाको दमकबाट एक जना लागु औषध सहित पक्राउ

दमक। झापाको दमकबाट एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । उनलाई लागु औषध सहित पक्राउ गरेका हो । लागु औषध कारोवार गर्दै आएको भन्ने विषेश सुराकीका आधारमा उनलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दमक–३ का ३५ वर्षीय प्रेम कुमार बिक छन् । उनलाई ताराबारी गोलाटार सडक खण्डको ढुकुरपानी मावि उत्तरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट २५ थान डाइजोपाम, २५ थान फेनारगन र २५ थान लुपी समेत बरामद गरिएको छ ।

बिज्ञापन

उनलाई इलाका प्रहरी कार्यालय दमकको शादा पोशाकमा खटिएका प्रहरीको टोलीले पक्राउ गरेका हो । पक्राउ परेका बिकलाई थप अनुशन्धानका लागि इलाका प्रहरीकार्यालय दमकका राखिएको छ ।