
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण फैलिएको पुष्टि नभएको जनाएको छ ।
आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको जनाएका छन् ।
उनकाअनुसार फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा कोरोना भइरस केही दिनसम्म जीवित रहन सक्ने भएकाले त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।