जनकपुरमा प्रहरीद्वारा भारतीय लुटेरा समुहमाथि गोली प्रहार, एक जना घाइते ७ जना पक्राउ

जनकपुधाम । डाकाहरुको समुहलाई पक्राउ गर्न जनकपुरमा प्रहरीले गाेली चलाएको छ । गोली लागेर एक जना घाईते भएका छन् भने ७ जना पक्राउ परेका छन् । जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दान बहादुर थापाले पुष्टि गरेका छन् । थापाका अनुशार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय बाट खटिएकाे संयुक्त टोलीले भारतीय डाकाहरुको समुहलाई पक्राउ गरेको हो । धनुषाबाट ७ जनालाई पक्राउ गरिएको हो भने एक जनालाई महोत्तरीको मटिहानी इलाकाबाट राति नै पक्राउ गरीएको थापाले बताएका छन ।

प्रहरीको टोलीमाथि डकैती गर्न आएको समूहले गोली चलाए पछि धनुषामा प्रहरीले डाकालाई पक्राउ गर्न जवाफी कारवाही गरेको थियो ।

बिज्ञापन

जनकपुर उपमहानगरपालिका ८ विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत विहार समस्तीपुरबाट नेपाल आएको ८ जना भारतीय लुटेरा समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भन्ने गोली लागेको एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचार गर्न राति नै लागिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लुटेरा समूहबाट केहि राउण्ड गोली, सिक्सर पेस्तोल , र एक थान कटुवा पेस्तोल समेत बरामद गरेको प्रहरीले बताएका छन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।