एकैदिन तीन घरमा आगलागी, २३ लाखको क्षति

 

सुखिलाल चौधरी
उदयपुर । जिल्लाको तीन फरक–फरक स्थानमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली ५, रौतामाई गाउँपालिका २ र बेलका नगरपालिका ५ मा आगालागी हुँदा २३ लाखको क्षति भएको हो ।

ताप्ली गाउँपालिका ५ राजदहका शारदकुमार भुजेलको घरमा भएको आगलागीबाट अन्न पात, लत्ता कपडा, भाडावर्तन, नगद ८२ हजार र १० तोला चाँदी जल्दा जम्मा १४ लाखको धनमाल क्षति भएको छ । भुजेलकै घरबाट आगो सल्केको उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो ।

यसैगरी रौतामाई गापा २ जोगिडाडाका मिन्द्रमाया जोगीको घरमा सोलार लाईन सर्ट भई आगोलागी भएको छ । आगोमा परी काठको २ तले घर, घरमा पालेको ३० वटा परेवा, कुखुरा, नगद ३ लाख र घर भित्र रहेको अन्नपात लत्ताकपडा, काठपात जल्दा सात लाखको क्षति एसपी राईको भनाई छ ।

यसैगरी बेलका नगरपालिका ५ का भक्तबहादुर बिष्टको काठे घरमा पनि विद्युत सट भएर आगोलागी भएको छ । आगोमा परी खम्बा भएको २ तले गाई भैसीको ग्वाली जल्दा दुई लाख क्षति भएको छ । फाइल तस्बिर, जनता समाचार बाट