
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुको उद्धार तथा राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

बिज्ञापन



सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।

‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने ५० बढी बेपत्ता रहेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।