सर्वसाधारणमा कोरोनाको भय घटेकोमा स्वास्थ्य मन्त्रालय चिन्तित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा कोरोनाको भए घटेकोमा चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय जनमानसमा सतर्कता कम हुँदै गएको, भीडभाड बढ्दै गएको र सम्वेदनशील ठाउँहरूमा आवतजावत बढ्दै बढ्न थालेको प्रति स्वास्थ्य मन्त्रालय चिन्तित भएको बताए ।

बिज्ञापन

कोरोना संक्रमितको घट्नु र क्वारेन्टाइनमा तथा आइसोलेसमा बस्नेको संख्या घटे पनि कोरोना संक्रमणको जोखिम नघटेको उनको भनाइ छ । उनले कोरोना भाइरस रोकथामका उपायहरूलाई निरन्तर दिन आग्रह गरेका छन् ।