
दमक। कोरोना भाइरस संक्रमणका कारण यतिबेला विश्व नै संकटमा छ । कोरोना भाइरसले महामारिको रुप लिएसँगै विश्वमा हजारौको मृत्यु भैसकेको छ । लाखौं संक्रमित छन् ।

नेपालमा पनि भारत लगायत तेश्रो मुलुकबाट आउनेहरु कतिपय संक्रमित भएको पाइएको छ । नेपालमा ३८ जनाको कोरोना संक्रमण कै कारण मृत्यु भैसकेको छ भने आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् ।



कोरोना संक्रमितको कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ । देशभरको तथ्यांक हेर्दा आइतबार सम्म आठ हजार पाँच सय ८९ जना कोरोना जितेर घर गएका छन् । देशभर कोरोना जित्नेको संख्या ५१ प्रतिशत बढी छ ।

यता झापामा भने कोरोना जितेर घर जानेको संख्या ७८ प्रतिशत भन्दा बढी छ । झापामा आइतबार सम्म संक्रमितको संख्या ३ सय १ छ भने कोरोना जितेर घर जानेको संख्या २ सय ३५ छ ।
झापाका ६६ जना विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । श्रोतका अनुसार आइतबार सम्म झापाका ८ हजार ८ सय ११ पीसीआर टेष्ट भएको छ । त्यस्तै आरडीटी टेष्ट ३ हजार २ सय ९१ वटा भएको छ । आरडीटी र पीसीआर दुबै टेष्ट १२ हजार १३ वटा भएको तथ्यांक छ ।
देशभर आइतबार सम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना रहेका छन् ।