
झापा कचनकवल गाउँपालिका-३ बस्ने ३५ बर्षीय किलु टुडु लाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।
आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको भनि स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका हुन ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरीमा डुबेर १ महिलाको मृत्यु
धनकुटाको चौबिसे-२ स्थितमा बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आज बिहान ९ बजे चौबिसे-२ स्थितमानै रहको सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको भनि स्थानीयले प्रहरी चौकी मुढेबासमा जानकारी गराएका हुन ।
हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ