थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार नेपालमा ६ हजार ६९५ जना संक्रिय संक्रमित रहेका छन् । उनले पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको बताए । हालसम्म १० हजार ३२८ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

देशभर सञ्चाल २५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ३६१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ जना रहेका छन् । त्यस्तै, ६ हजार ६९५ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।